दक्षिण अफ्रिकाले अस्ट्रेलियालाई दियो २१३ रनको लक्ष्य  « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

दक्षिण अफ्रिकाले अस्ट्रेलियालाई दियो २१३ रनको लक्ष्य 


३० कार्तिक २०८०, बिहिबार


काठमाडौँ । भारतमा जारी आईसीसी एकदिवसीय विश्वकपको दोस्रो सेमिफाइनलमा दक्षिण अफ्रिकाले अस्ट्रेलियालाई २१३ रनको लक्ष्य दिएको छ ।

बिहीबार कोलकातास्थित इडेन गार्डेनमा जारी खेलमा टस जितेर ब्याटिङमा आएको दक्षिण अफ्रिकाले ४९.४ ओभरमा सबै विकेट गुमाएर २१२ रन बनायो ।

दक्षिण अफ्रिकाका डेविड मिलरले १०१ रन बनाए । उनले ११६ बलमा आठ चौका र पाँच छक्का प्रहार गरे । ४–२४ को कठिन अवस्थामा रहँदा मिलरले हेनरिक क्लासेनसँग ९५ रनको साझेदारी गर्दै दक्षिण अफ्रिकाको इनिङ उकासेका थिए ।

आजको खेलमा जित निकाल्ने टिमले फाइनलमा उपाधिका लागि भारतसँग खेल्ने छ ।

Tags :
प्रतिक्रिया दिनुहोस