दुर्घटनामा सख्त घाइतेको उपचारका क्रममा मृत्यु « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

दुर्घटनामा सख्त घाइतेको उपचारका क्रममा मृत्यु


३० कार्तिक २०८०, बिहिबार


दाङ । दाङको बङ्गलाचुलीमा बुधबार दिउँसो अटो दुर्घटनामा सख्त घाइते भएकी एक महिलाको आज उपचारका क्रममा मृत्यु भएको छ ।

मृत्यु हुनेमा बङ्गलाचुली गाउँपालिका-५ की ६५ वर्षीया भेगी बुढा रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख रामबहादुर केसीले जानकारी दिए ।

कोहलपुरस्थित शिक्षण अस्पतालमा उपचारका क्रममा आज बिहान मृत् भएकी उनी चढेको अटो बुधबार दिउँसो १:४० बजे बङ्गलाचुली-५ स्थित गुरासेनी डाँडाबाट रा १ ह ५८०५ नं को अटो ब्रेक फेल भई झन्डै पाँच सय मिटर तल खसेको थियो । घाइते बुढालाई घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि लगिएकामा त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि कोहलपुर पठाइएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस