बाँकेमा हतियार प्रहारबाट एक युवक घाइते « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

बाँकेमा हतियार प्रहारबाट एक युवक घाइते


३० कार्तिक २०८०, बिहिबार


जानकी (बाँके) । बाँकेको कोहलपुरमा धारिलो हतियार प्रहारबाट एक युवक गम्भीर घाइते भएका छन् । कोहलपुरस्थित चप्परगौडीका २८ वर्षीय मीनबहादुर विक घाइते भएका हुन् ।

विकलाई आज बिहान अज्ञात व्यक्तिले धारिलो हतियार प्रहार गरी गम्भीर घाइते बनाएको प्रहरी नायब उपरीक्षक नारायण डाँगीले जानकारी दिए । उनलाई घर नजिकै पछाडिबाट अज्ञात व्यक्तिले टाउको तथा शरीरका अन्य भागमा धारिलो हतियार प्रहार गरी घाइते बनाएका थिए ।

घाइते विकको नेपालगञ्जस्थित नर्सिङहोममा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक डाँगीले बताए । हतियार प्रहार गर्ने व्यक्तिको खोजी भइरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस