चिनियाँ राष्ट्रपति सी जिनपिङ र अमेरिकी राष्ट्रपति बाइडेनबीच भेटवार्ता हुँदै « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

चिनियाँ राष्ट्रपति सी जिनपिङ र अमेरिकी राष्ट्रपति बाइडेनबीच भेटवार्ता हुँदै


२९ कार्तिक २०८०, बुधबार


काठमाडौँ । चिनियाँ राष्ट्रपति सी जिनपिङ र राष्ट्रपति जो बाइडेनबीच भेटवार्ता हुँदैछ । चिनियाँ राष्ट्रपति सी ६ वर्षपछि अमेरिका भ्रमणको सिलसिलामा गए राति सन फ्रान्सिस्को सहर गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । 

पछिल्लो पाँच वर्षयता अमेरिका–चीन सम्बन्ध त्यति सुमधुर नरहेको अवस्थामा रहेको बेला दुई देशका राष्ट्रपतिबीचको भेटवार्ताले सम्बन्ध सुदृढीकरणमा मद्दत पुग्ने बताइएको छ । 

अमेरिकाले ताइवान वरपर बढाइरहेको सैन्य उपस्थिति र चीनले बारम्बार दिँदै आएको चेतावनीकै बिच दुई शक्ति राष्ट्र प्रमुखहरूको भेटलाई महत्वका साथ हेरिएको छ । एक अर्काका ठुला व्यापारिक साझेदार समेत रहेका अमेरिका र चीन राजनीतिक र सुरक्षालाई कारण देखाएर बेला बेला एक अर्काका विभिन्न सामान र कम्पनीमाथि प्रतिबन्धसमेत लगाउँदै आएका छन् । यसैबिच भेटवार्ता हुँदैछ । 

Tags :
प्रतिक्रिया दिनुहोस