काठमाडौँ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले, यो सरकार प्रजातन्त्र स्थापनापछि कै सबैभन्दा साहसिक भएको दाबी गरेका छन् ।
भक्तपुरमा नेपाल संवत् ११४४ को अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले भुटानी शरणार्थी, मिटरव्याजीलगायतका साहसिक काम सरकारले गरेको जिकिर गरे । ‘प्रजातन्त्रपछिको कयौँ सरकारहरूले यति सहासीक काम गरेको थिएन । मिटरव्याजीको कुरा होस् । चाहे भुटानी शरणार्थीको कुरा होस् । चाहे बालुवाटारको जग्गा बेचेर खाने देशघातिहरुको कुरा होस् । चाहे जनताको छोराछोरीले प्राप्त गर्न नसकेर भौतारिएको नागरिकताको कुरा होस् । यी सबै प्रचण्ड सरकारले गरेको हो र काम सुरु भएको छ । ’
उनले भने । जति राम्रो काम गरे पनि त्यसलाई नकारात्मक ढङ्गले प्रस्तुत गर्ने गरिएको उनको भनाई छ । ‘यदी हामीले दूध र पानी छुट्ट्याउन सकिएन भने इतिहासदेखि अहिलेसम्म भोगिरहेको नियती फेरीपनि हामीले भोगि राख्नु पर्छ । जसरी पनि खोट लगाउने हाम्रो संस्कृति बनेको छ । यो अचम्मको कुरा छ । ’ उनले भने ‘परिवर्तनको रक्षा, सम्वृद्धिको नेतृत्व प्रचण्डबाट सम्भव छ भन्ने मलाई लाग्छ किनभने युद्ध र शान्तिको नेतृत्व उहाँले गर्नु भो । ’