उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको सम्भावना « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको सम्भावना


२७ कार्तिक २०८०, सोमबार


काठमाडौँ । आज दिउँसो देशको पहाडी भू-भागमा आंशिक बदली रहनेछ । बाँकी भू-भागको मौसम सामान्यतया सफा रहनेछ । उच्च पहाडी तथा हिमाली भू-भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

आज राति सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशलगायत पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहनेछ । बाँकी भू-भागको मौसम आंशिक बदलीदेखि सामान्यतया सफा रहनेछ ।

यस्तैगरी, उच्च पहाडी तथा हिमाली भू-भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस