भूकम्प प्रभावित क्षेत्रमा निःशुल्क बत्ती « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

भूकम्प प्रभावित क्षेत्रमा निःशुल्क बत्ती


२५ कार्तिक २०८०, शनिबार


रुकुम । नेपाल विद्युत् प्राधिकरणले रुकुम पश्चिमका भूकम्प पीडितका त्रिपाल र टहरामा निःशुल्क बत्ती जडान गरेको छ । भूकम्पबाट बढी प्रभावित भएको आठबीसकोट नगरपालिका र सानी भेरी गाउँपालिकामा निःशुल्क बत्ती जडान गरिएको हो ।

भूकम्पपीडित बसिरहेका सबै त्रिपालमा एक सय १५ स्थानमा बत्ती जडान गरिएको प्राधिकरण रुकुम पश्चिमका प्रमुख शिवजी साहले जानकारी दिए । आवश्यकताअनुसार थप ठाउँमा पनि बत्ती जडान हुने उनले बताए । 

आठबीसकोटका वडा नं ११, १२, १३ र १४ तथा सानी भेरी गाउँपालिकाका वडा नं १ र ४ मा निःशुल्क बत्ती जडान गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस