२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जाजरकोटको नलगाडबाट ‘विप्लव’ले गरे भूकम्प पुनर्निर्माणको उद्घाटन

अ+ अ-

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ र पार्टी प्रवक्ता प्रकाण्ड जाजरकोटको भूकम्प प्रभावित बस्ती नलगाडको चिउरी बस्ती पुगेर पार्टीको भूकम्प पुनर्निर्माण अभियानको उद्घाटन गरेका छन् ।

भुकम्पमा घर भत्केका एकल परिवार कले विकको घर पुनर्निर्माण कार्य प्रारम्भ गरी अभियानको उद्घाटन गरेको पार्टी निकट जनपत्रकार सङ्गठन नेपालका संस्थापक अध्यक्ष प्रकाश डुम्रेले बताए ।

पार्टी द्वारा सङ्कलित राहत सामग्री शुक्रबार जाजरकोट सदरमुकाममा जिल्ला विपत् व्यवस्थापन समितिलाई हस्तान्तरण गरी राति अबेर नलगाड पुगेका महासचिव विप्लव र प्रवक्ता प्रकाण्डले स्थानीय जनप्रतिनिधि र पार्टीका नेता कार्यकर्ताहरूसँगको छलफल गरेका थिए ।

शनिबार बिहान नलगाड आसपासका भूकम्प पीडितहरू सँग भेटघाट गरेका उनीहरूले विपद्को समयमा जनतासँग आफ्नो पार्टी सँगै भएको बताएका थिए । नालगाड गाउँमा १३ जनाको भुकम्पमा परी मृत्यु भएको छ ।

गत कार्तिक १७ गते शुक्रबार राती ११ः४७ बजे जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु बनाएर गएको ६.४ रेक्टर स्केलको भूकम्प पीडित जाजरकोट र रुकुम पश्चिम जिल्लाका नागरिकको लागि राहत तथा उद्वारका लागि नेकपाका झण्डै डेढ सय नेता कार्यकर्ता नियमित राहत वितरण,उद्धार,स्वास्थ्य उपचार तथा आधारभूत अस्थायी संरचना बनाउन अभियान नै सञ्चालन गरेर लागेको डुम्रेले जानकारी दिए ।

विप्लव र प्रकाण्ड आईतवार रुकुमका भूकम्प प्रभावित क्षेत्रको अवलोकन गर्न जाने कार्यक्रम रहेको पनि डुम्रेको भनाई छ ।

प्रतिक्रिया दिनुहोस