काठमाडौँ । कृषि विकास बैंकले जाजरकोट रुकुम पश्चिम र वरपरका जिल्लाका भूकम्प पीडितहरूको सहायताका लागि रु. ५० लाख आर्थिक सहयोग प्रदान गरेको छ।
बैंकले उद्धार तथा राहत वितरण गर्ने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप राहत उद्धार कोषमा ५० लाख रुपैयाँ सहयोग रकम प्रदान गरेको हो। प्रधानमन्त्री पुष्पकमल दाहाललाई बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले उक्त रकम बराबरको चेक हस्तान्तरण गरे।
उक्त रकम कृषि विकास बैंकमा रहेको प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा रकम जम्मा गरिएको छ। जाजरकोट जिल्ला, बारेकोट गाउँपालिका वडा नं. १ रामीडाँडा केन्द्रबिन्दु भएर ६.४ रेक्टर स्केलको भूकम्प जाँदा जाजरकोट र पश्चिम-रुकुम जिल्लामा ठूलो मानवीय तथा जनधनको क्षति भएको छ।