विश्वकप क्रिकेट : आज पाकिस्तान र इङ्ल्याण्ड खेल्दै « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

विश्वकप क्रिकेट : आज पाकिस्तान र इङ्ल्याण्ड खेल्दै


२५ कार्तिक २०८०, शनिबार


काठमाडौँ । भारतमा जारी आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको सेमिफाइनल समीकरण आज पूरा हुने भएको छ। आज पाकिस्तान र इङ्ल्याण्डबीच हुने खेलसँगै सेमिफाइनल समीकरण पूरा हुने भएको हो।

अंक तालिकामा पाकिस्तान आठ खेलबाट ८ अंकसहित पाँचौ स्थानमा छ। आज फराकिलो अन्तरसहित इङ्ल्याण्डलाई पराजित गर्न सके उसले चौथो स्थानको न्यूजिल्याण्डलाई नेटरनरेटका आधारमा पछि पार्दै सेमिफाइनलमा स्थान बनाउनेछ। तर पाकिस्तानको सामान्य जित वा हारले न्यूजिल्याण्डकै सेमिफाइनल स्थान पक्का हुनेछ।

इङ्ल्याण्ड र पाकिस्तानबीचको खेल दिउँसो सवा २ बजे कोलकाताको इडेन गार्डेन मैदानमा शुरु हुनेछ। आजै बिहान पौने ११ बजे हुने खेलमा अष्ट्रेलिया र बंगलादेशबीच प्रतिस्पर्धा हुँदैछ । अस्ट्रेलिया सेमिफाइनलमा प्रवेश गरिसकेको छ भने बङ्गलादेश सेमिफाइनल रेसबाट बाहिरिएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस