आईसीसीद्वारा श्रीलङ्का क्रिकेट बोर्ड निलम्बन « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

आईसीसीद्वारा श्रीलङ्का क्रिकेट बोर्ड निलम्बन


२४ कार्तिक २०८०, शुक्रबार


काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीले श्रीलङ्काको क्रिकेट बोर्ड श्रीलङ्का क्रिकेटलाई निलम्बन गरेको छ ।

आईसीसीको बोर्ड बैठकले सरकारको हस्तक्षेप भएको भन्दै श्रीलङ्काको सदस्यता तत्काल लागू हुने गरी निलम्बन गर्ने निर्णय गरेको हो ।

अनियमितता र भ्रष्टाचारमा संलग्न भएको भन्दै श्रीलङ्काका खेलमन्त्री रोशन रणसिंघले सामी सिल्भा नेतृत्वको निर्वाचित क्रिकेट बोर्ड निलम्बन गर्दै नयाँ अन्तरिम कमिटी गठन गरेका थिए ।

खेलमन्त्री रणसिंघले सिल्भा नेतृत्वको बोर्डले गरेका खर्च र अन्य कामकारबाहीका बारेमा छानबिन पनि गर्ने घोषणा गरेका थिए ।

रणसिंघले अन्तरिम कमिटीको प्रमुखमा अर्जुन रणतुंगालाई नियुक्त गरेका छन् । सन् १९९६ मा श्रीलङ्कालाई विश्वकप क्रिकेट उपाधि जिताउने कप्तान हुन् । उनी अहिले राजनीतिमा पनि संलग्न छन् ।

भारतमा चलिरहेको विश्वकपमा टिमले खराब प्रदर्शन गरेको बेला श्रीलङ्काको सदस्यता निलम्बनमा परेको हो । भारतमा जारी विश्वकपको समूह चरणामा आफ्ना सबै खेल खेलिसक्दा नवौँ स्थानमा रहेको श्रीलङ्का सन् २०२५ मा हुने आईसीसी च्याम्पियन्स ट्रफीमा छनोट हुनसमेत असफल भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस