झण्डै आधा शताब्दी पुरानो उत्तर कोरियाली दूतावास बन्द « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

झण्डै आधा शताब्दी पुरानो उत्तर कोरियाली दूतावास बन्द


२४ कार्तिक २०८०, शुक्रबार


काठमाडौँ । झण्डै आधा शताब्दीबाट नेपालमा स्थापना भएको उत्तर कोरियाली राजदूतावास औपचारिक रूपमा बन्द भएको छ । अब भारतको राजधानी नयाँ दिल्लीमा रहेको दूतावासले नेपालमा हेर्नेछ ।

नेपालका लागि उत्तर कोरियाली राजदूत जो योङ मानले प्रधानमन्त्री ‘प्रचण्ड’लाई भेटेर बन्द हुने जानकारी दिएर बिदाइ भेट गरेका हुन् । परराष्ट्र मन्त्रालयले दूतावास बन्दको जानकारी केही अगाडि नै पाएको बताइएको छ । राजदूत मान तथा नेपाली फरर बोल्ने काउन्सिलर किमले प्रेस काउन्सिका पूर्व कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठ लगायतसँग पनि भेट गरेर बिदाइ भएका छन् ।

उनीहरू आजै बेइजिङ भएर उत्तर कोरिया फर्किएका छन् । पन्चायतकालमा सन् १९७४ मे २५ मा नेपाल र उत्तर कोरियाको औपचारिक कूटनीतिक सम्बन्ध स्थापना भएको थियो । सोही वर्ष काठमाडौंमा दूतावास स्थापना भएको थियो । नेपालको दूतावास भने उत्तर कोरियामा छैन । बेइजिङको दूतावासले उत्तर कोरिया हेर्ने गरेको छ ।

नेपालबाट टङ्कप्रसाद आचार्य र कृतिनिधि बिस्टले प्रधानमन्त्रीको रूपमा उत्तर कोरिया भ्रमण गरेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस