नकुल थापासहित एमालेमा फर्किए नेकपा एसका नेता  « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

नकुल थापासहित एमालेमा फर्किए नेकपा एसका नेता 


२३ कार्तिक २०८०, बिहिबार


काठमाडौँ । ललितपुरको महालक्ष्मी नगरपालिकामा गत स्थानीय तह निर्वाचनमा नगर प्रमुखको उम्मेदवार बनेका नेकपा एकीकृत समाजवादीका नेता नकुल थापा र जिल्ला कमिटी सदस्य अष्टबहादुर महर्जनसहित करिब दुई दर्जन नेता कार्यकर्तामा एमालेमा फर्किएका छन् ।

बिहीबार नेकपा एमाले ललितपुर जिल्ला कमिटिद्वारा आयोजित पार्टी जिल्ला भेला तथा शुभकामना आदानप्रदान कार्यक्रममा थापासहित सबैलाई पार्टी महासचिव शङ्कर पोखरेलले पार्टीमा स्वागत गरेका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस