राष्ट्रलाई कमजोर पार्ने गतिविधिविरुद्ध लाग्नुपर्ने « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

राष्ट्रलाई कमजोर पार्ने गतिविधिविरुद्ध लाग्नुपर्ने


२३ कार्तिक २०८०, बिहिबार


काठमाडौँ । नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले राष्ट्रलाई कमजोर पार्ने गतिविधिविरुद्ध सबै राजनीतिक दलका नेता तथा कार्यकर्ता लाग्नुपर्ने बताएका छन् । 

पार्टीको ललितपुर जिल्ला कमिटीले आज आयोजना गरेको भेलामा उनले नेपाली समाजलाई विभाजित गरेर देशलाई कमजोर पार्ने प्रयास गरिएको बताउँदै त्यसविरुद्ध हरेक चेतनशील नेपाली लाग्नुपर्ने बताएका हुन् ।

समाजलाई जात-जातमा विभाजित गर्ने कार्य स्वीकार्य हुन सक्दैन भन्दै महासचिव भने, “सिङ्गो तराईलाई एउटा प्रदेशमा विभक्त गर्ने कुरा नेपाल राष्ट्रलाई कमजोर बनाउने कुरा हो । त्यो स्वीकार्य हुँदैन ।” उनले हिमाल, तराई, पहाड कोही छैन पराई भन्ने मान्यतालाई नेपाली राजनीतिमा स्थापित गरिएको  बताए । नेपालको राष्ट्रिय हित रक्षा गर्न नेपाली नचुक्ने प्रतिबद्धता उनले व्यक्त गरे ।

Tags :
प्रतिक्रिया दिनुहोस