श्रीलङ्काले दिएको १ सय ७२ रनको लक्ष्य पच्छ्याउँदै न्युजिल्याण्ड « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

श्रीलङ्काले दिएको १ सय ७२ रनको लक्ष्य पच्छ्याउँदै न्युजिल्याण्ड


२३ कार्तिक २०८०, बिहिबार


काठमाडौँ । आईसीसी एक दिवसीय विश्वकप क्रिकेटमा श्रीलङ्काले न्युजिल्याण्डलाई १ सय ७२ रनको लक्ष्य दिएको छ । बेंग्लोरमा न्युजिल्याण्डले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको श्रीलङ्काले ४६ ओभर ४ बलमा अलआउट हुँदै १ सय ७१ रन बनायो । उसका लागि कुशल परेराले सर्वाधिक ५१ र महिश थीकशनाले नटआउट ३८ रन बनाए ।

न्युजिल्याण्डले अहिले जवाफी ब्याटिङ गरिरहेको छ । न्युजिल्याण्डका ट्रेन्ट बोल्टले तीन तथा लकी फर्गुसन, रचिन रवीन्द्र र मिचेल स्यान्टनरले समान २–२ विकेट लिए । न्युजिल्याण्ड, पाकिस्तान र अफगानिस्तान तीन वटै टिमको सेमिफाइनलमा पुग्ने सम्भावना छ । तीन वटै टिमको समान आठ खेलमा ८-८ अङ्क छ ।

आज श्रीलङ्कालाई हराएमा न्युजिल्याण्ड अन्तिम चारमा पुग्ने सम्भावना धेरै छ, किनकि पाकिस्तान र अफगानिस्तानको भन्दा न्युजिल्याण्डको रनरेट राम्रो छ । अब पाकिस्तानले इंग्ल्याण्डसँग र अफगानिस्तानले दक्षिण अफ्रिकासँग खेल्न बाँकी छ ।

सेमिफाइनलमा पुग्न नसकेको श्रीलङ्कालाई च्याम्पियन्स ट्रफी खेल्ने सम्भावना कायमै राख्न आजको खेल जित्नैपर्ने दबाब छ । भारत, दक्षिण अफ्रिका र अस्ट्रेलिया सेमिफाइनलमा पुगिसकेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस