बिजुली खपतका लागि आन्तरिक बजार प्रवर्द्धन गर्नुपर्छ: महेश बर्तौला « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

बिजुली खपतका लागि आन्तरिक बजार प्रवर्द्धन गर्नुपर्छ: महेश बर्तौला


२३ कार्तिक २०८०, बिहिबार


काठमाडौँ । नेकपा एमालेका सचेतक महेश बर्तौलाले देशमा उत्पादित बिजुली खपतका लागि आन्तरिक बजार प्रवर्द्धन गर्नुपर्ने बताएका छन् ।

बिहीबार काठमाडौँमा आयोजित ‘पहिलो विद्युतीय सवारी साधन राइड सेयरिङ एप’ शुभारम्भ कार्यक्रममा बोल्दै उनले नेपाल विद्युत् उत्पादनको भव्य सम्भावना रहेको देश भएकाले उत्पादित बिजुली खपतका लागि आन्तरिक बजारको सुनिश्चितता र प्रवर्द्धन गर्नुपर्ने बताएका हुन् ।

उनले भने, ‘नेपाल विद्युत् उत्पादनमा धेरै सम्भावना भएको देश हो । उत्पादनको प्रक्रिया चलिरहेको छ । हामीले उत्पादन गरेको बिजुली खपत गर्न आन्तरिक बजारको सुनिश्चितता गर्नुपर्छ । आन्तरिक बजारलाई प्रवर्द्धन गर्न ध्यान दिनुपर्छ ।’

उनले देशको आर्थिक रूपान्तरणको मुख्य स्रोत जलस्रोत भएकाले निजी र सरकारी क्षेत्रबाट विद्युत् उत्पादनलाई विषेश महत्व दिन आवश्यक रहेको बताए । अब सवारी साधनमात्र नभई भान्साहरूलाई पनि विद्युत्मैत्री बनाउनुपर्ने उनको भनाई छ ।

Tags :
प्रतिक्रिया दिनुहोस