बागमती प्रदेश प्रमुख शर्माबाट दुई विधेयक प्रमाणीकरण « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

बागमती प्रदेश प्रमुख शर्माबाट दुई विधेयक प्रमाणीकरण


२३ कार्तिक २०८०, बिहिबार


मकवानपुर । बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले प्रदेश सभाबाट पारित भई आएका दुई वटा विधेयक प्रमाणीकरण गरेका छन् ।

उनले प्रदेश सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८० र प्रदेश सञ्चारमाध्यम व्यवस्थापन ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गरेका हुन् ।

प्रदेश सभाका सभामुख भुवनकुमार पाठकले ती विधेयक प्रमाणीकरणका लागि प्रदेश प्रमुखसमक्ष प्रस्तुत गरेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस