अरुण तेस्रो जलविद्युत् आयोजनाको काम ६७ दिनपछि सुरु « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

अरुण तेस्रो जलविद्युत् आयोजनाको काम ६७ दिनपछि सुरु


२३ कार्तिक २०८०, बिहिबार


काठमाडौँ । मुआब्जा विवाद मिलेपछि ६७ दिनदेखि ठप्प रहेको ९ सय मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजनाको विद्युत्‌गृहस्थलको काम बिहीबारबाट सुरु भएको छ ।

सरकारले मुआब्जा पीडितका लागि आवश्यक पर्ने ५३ करोड रुपैयाँ जिल्ला प्रशासन कार्यालय सङ्खुवासभाको खातामा पठाएपछि स्थानीयले आन्दोलन फिर्ता लिएका हुन् । प्रधानमन्त्री कार्यालयमा मुआब्जाको कागजपत्र अड्किएपछि स्थानीयले भदौ १६ देखि अरुण प्रवेश मार्गको काम ठप्प पारेका थिए ।

छ्याङकुटी-दिदिङ पुखुवा सडकखण्डको २४ किलोमिटर क्षेत्रको मुआब्जा विवाद थियो । अब प्रवेश मार्गमा रहेका ४ सय स्थानीयले ५ सय ५४ रोपनी जग्गाको मुआब्जा पाउने छन् ।

जिल्ला प्रशासन कार्यालय सङ्खुवासभामा गठित छुट मुआब्जा निर्धारण समितिले गत वैशाख २६ गते छयाङकुटी-दिदिङ सडकखण्डको प्रति रोपनी ११ लाख ७५ हजार दिने निर्णय गरेको थियो । सङ्खुवासभामा निर्माणाधीन अरुण तेस्रो विद्युत् आयोजना निर्माण भारतीय कम्पनी सतलजले गरिरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस