भूकम्प प्रभावितलाई वीरेन्द्रनगर नगरपालिकाले २६ लाख दिने « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

भूकम्प प्रभावितलाई वीरेन्द्रनगर नगरपालिकाले २६ लाख दिने


२३ कार्तिक २०८०, बिहिबार


भेरीगङ्गा । सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले जाजरकोटका भूकम्प पीडितलाई राहतस्वरुप रु. २६ लाख रकम सहयोग गर्ने भएको छ ।

कर्णाली प्रदेशको राजधानी समेत रहेको वीरेन्द्रनगर नगरपालिकाले रु. २६ लाख रकम सहयोग गर्ने निर्णय गरेको हो ।मङ्गलवार बसेको नगर कार्यपालिकाको बैठकले १६ वटै वडाको वडा विपद् कोषबाट रु. एकरएक लाख १६ लाख र नगरपालिकाको तर्फबाट रु. १० लाख गरी जम्मा २६ लाख सहयोग गर्ने निर्णय गरेको नगरप्रमुख मोहनमाया ढकालले जानकारी दिइन् ।

नगरपालिकाले भूकम्पपीडित परिवारका बालबालिका वीरेन्द्रनगरको सामुदायिक विद्यालयमा अध्ययनरत भएकालाई र नगरपालिकाभित्र अध्ययन गर्न चाहनेका लागि नगर शिक्षा विकास कोषमार्फत निःशुल्क अध्ययन व्यवस्थापन गर्ने भएको छ ।

दैलेखको डुङ्गेश्वर गाउँपालिकाले पनि भूकम्पपीडितलाई रु. ५० हजार सहयोग गर्ने बताएको गाउँपालिका अध्यक्ष सुन्दरकुमार केसीले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस