अभिनेत्री दिपाशा बिसीको निधन « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

अभिनेत्री दिपाशा बिसीको निधन


२३ कार्तिक २०८०, बिहिबार


काठमाडौँ । अभिनेत्री दिपाशा बिसीको निधन भएको छ । स्वास्थ्यमा असहज भएपछि २८ वर्षीया बिसीलाई बुधबार राति थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको थियो ।

उनलाई बिहीबार दिउँसो अस्पतालले मृत घोषणा गरेको नर्भिक अस्पतालले जनाएको छ ।

‘जलपरी’ नामले समेत मोडलिङ र फिल्ममा चर्चित उनले बिरानो माया, चाल, दुलही रानी र झेली फिल्ममा अभिनय गरेकी छिन् । उनको डेब्यु फिल्म ‘दुलही रानी’ २०६८ मा रिलिज भएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस