धरानमा विमानस्थल निर्माणको सम्भाव्यता अध्ययन गर्न समिति गठन « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

धरानमा विमानस्थल निर्माणको सम्भाव्यता अध्ययन गर्न समिति गठन


२३ कार्तिक २०८०, बिहिबार


काठमाडौँ । धरानमा विमानस्थल निर्माणको सम्भाव्यता अध्ययन गर्न समिति गठन भएको छ ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीको निर्देशन अनुसार धरान उपमहानगरपालिकामा विमानस्थल निर्माणको लागि सम्भाव्यता अध्ययन गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणले तीन सदस्यीय समिति गठन गरेको हो ।

प्राधिकरणका प्रबन्धक इन्जिनियर नलविक्रम थापा संयोजक रहेको समितिमा प्रबन्धक अनिल बस्नेत र वरिष्ठ अधिकृत विमल खनाल सदस्य रहेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस