काठमाडौँ । सरकारले तीन क्रिकेट रङ्गशालालाई राष्ट्रिय गौरवको आयोजनाको रूपमा अगाडि बढाउने निर्णय गरेको छ ।
आज बसेको मन्त्रिपरिषद्को बैठकले मोरङको विराटनगर, काठमाडौँको मुलपानी र चितवनको गौतमबुद्ध भरतपुर क्रिकेट रङ्गशालालाई राष्ट्रिय गौरवको आयोजनाको रूपमा अगाडि बढाउने निर्णय भएको सञ्चार मन्त्री तथा प्रवक्ता रेखा शर्माले बताइन् ।