काठमाडौँ । अछामको पञ्चदेवल विनायक नगरपालिका-८ का दिपेन्द्रबहादुर शाहीको हत्या आरोपमा काठमाडौँमा एक महिला पक्राउ परेकी छिन् । पक्राउ पर्नेमा शाहीका छिमेकी लक्ष्मी सुनार रहेको प्रहरीले जनाएको छ ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले सुनारलाई काठमाडौँको माछापोखरीबाट पक्राउ गरेको कार्यालयमा प्रवक्ता प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए । सुनारसहितले शाहीको कात्तिक १७ गते हत्या गरेको प्रहरीको आरोप छ ।