तिहारलगत्तै १० वटा जहाज खरिद प्रक्रिया अघि बढाउँछौँ : मन्त्री किराती « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

तिहारलगत्तै १० वटा जहाज खरिद प्रक्रिया अघि बढाउँछौँ : मन्त्री किराती


२३ कार्तिक २०८०, बिहिबार


काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले तिहारलगत्तै साना र मध्यम खालका १० वटा जहाज खरिदका लागि टेन्डर आह्वान गर्ने बताएका छन् ।

उनले न्यारोबडी, कंक्रुडमा उडान गर्न सक्ने मध्यम जहाज र केही साना गरी १० वटा जहाज खरिदका लागि टेन्डरको तयारी भैइरहेको बताएका हुन् ।

आज काठमाडौंमा आयोजित एक होटेलको उद्घाटन कार्यक्रममा उनले पर्यटनको विकासका लागि पनि जहाज आवश्यक भएको बताए । उनले इजरायलबाट नेपालीको उद्धार गर्न प्रयोग भएको जहाजको उपयोगिताको चर्चा गर्दै नेपालका दुर्गम क्षेत्रमा सुत्केरी उद्धार गर्नेदेखि विपदको समयमा गरेको कामले जहाजको उपयोगिता पुष्टि भैसकेको बताए । त्यसैले पर्यटन प्रवर्द्धनका लागि पनि जहाज थप्नुपर्नेमा उनले जोड दिए ।

उनले भने, अहिले उडिरहेको २ वटा जहाजमा १ थपेर ३ बनाउने, थप ३ वटा खरिद गरेपछि ६ हुन्छ । दुर्गम क्षेत्रमा २२ वटा एयरपोर्ट खाली छ । त्यहाँ ६ वटा जहाज भयो भने मज्जाले उडाउन सक्छौ । तिहार पछाडि १० ओटा जहाज खरिदका लागि टेन्डर गर्ने हाम्रो तयारी छ । त्यो १० वटामा केही ठुला, न्यारोबडी स्टायलको, केही कंक्रुटमा उड्ने जो इण्डियासम्म पनि उडान भर्न सकोस् र केही साना तिहारलगत्तै किन्ने तयारीमा छौँ ।’

Tags :
प्रतिक्रिया दिनुहोस