प्रधानमन्त्री ‘प्रचण्ड’ र तिब्बत स्वायत्त क्षेत्रका सचिव वाङबीच भेटवार्ता « प्रशासन
Logo १३ जेष्ठ २०८१, आइतबार
   

प्रधानमन्त्री ‘प्रचण्ड’ र तिब्बत स्वायत्त क्षेत्रका सचिव वाङबीच भेटवार्ता


२३ कार्तिक २०८०, बिहिबार


काठमाडौँ । चिनिया कम्युनिस्ट पार्टी (सीपीसी) का तिब्बत स्वायत्त क्षेत्रका सचिव वाङ छुङछेङ र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ।

आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा सचिव वाङ छुङछेङ लगायतको टोली सहभागी थियो।

भेटमा दुई देशबीचको आपसी सहकार्य र आपसी हितका बारेमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस