कोशी प्रदेशसभामा आज मुख्यमन्त्रीसँग प्रश्नोत्तर « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

कोशी प्रदेशसभामा आज मुख्यमन्त्रीसँग प्रश्नोत्तर


२३ कार्तिक २०८०, बिहिबार


काठमाडौँ । कोशी प्रदेशसभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे बस्ने प्रदेशसभा सचिवालयले जनाएको छ ।

बैठकमा प्रदेशसभाका ८ सदस्यले मुख्यमन्त्री केदार कार्कीसँग प्रश्नोत्तर गर्दैछन् ।

आफ्नो प्रश्नको उत्तरमा चित्त नबुझेमा पूरक प्रश्न समेत गर्न पाइने प्रदेश सभा सचिवालयका प्रवक्ता गौतमराज अमात्यले जानकारी दिए । कोशी प्रदेश सभामा पहिलोपटक मुख्यमन्त्रीसँग प्रश्नोत्तर हुन लागेको हो ।

यसअघि कोशी प्रदेश सभा गठन भएको दश महिनापछि बुधबार संसदीय समितिमा रहने सदस्यको टुङ्गो लागेको थियो । ​प्रदेशसभामा सात वटा संसदीय समिति छन् । ती समितिका सभापतिको विषयमा भने दलहरूबीच भागबण्डा मिलेको छैन ।

Tags :
प्रतिक्रिया दिनुहोस