साढे १० अर्ब निर्जीवन बीमा शुल्क सङ्कलन « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

साढे १० अर्ब निर्जीवन बीमा शुल्क सङ्कलन


२२ कार्तिक २०८०, बुधबार


काठमाडौं । चालू आर्थिक वर्षको पहिलो त्रैमासमा निर्जीवन बीमा कम्पनीहरूले १० अर्ब ४४ करोड ५५ लाख ५० रुपैयाँ बीमा शुल्क सङ्कलन गरेका छन् । जुन अघिल्लो वर्षको तुलनामा करिब ४४ करोड रुपैयाँले कम हो ।

गत वर्ष यही अवधिमा १० अर्ब ८४ करोड रुपैयाँ बीमा शुल्क सङ्कलन भएको थियो ।

पहिलो त्रैमासमा कुल बीमा लेख संख्या ६ लाख १ हजार ४६४ रहेको छ । सबैभन्दा बढी सगरमाथा लुम्बिनी इन्स्योरेन्सले १ अर्ब ३१ करोड ७६ लाख ८ हजार रुपैयाँ बीमा शुल्क सङ्कलन गरेको छ ।

सबैभन्दा कम नेशनल इन्स्योरेन्स कम्पनीले ३७ करोड २० लाख २१ हजार रुपैयाँ सङ्कलन गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस