भूकम्प पीडितलाई पर्यटन मन्त्रालय मातहत निकायबाट चार करोड भन्दा बढी सहयोग « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

भूकम्प पीडितलाई पर्यटन मन्त्रालय मातहत निकायबाट चार करोड भन्दा बढी सहयोग


२२ कार्तिक २०८०, बुधबार


काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मातहतका निकायबाट भूकम्प पीडितका लागि सहयोग जुटाएको छ ।

मन्त्रालयले आज प्रधानमन्त्री राहत कोषमा रू. चार करोड १३ लाख ९८ हजार नौ सय ८८ सङ्कलन भएको रकम जम्मा गरेको हो । मन्त्रालय मातहतका विभिन्न निकायबाट जम्मा भएको रकम आज पर्यटन मन्त्री सुदन किरातीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई हस्तान्तरण गरेको मन्त्रालयले जनाएको छ ।

सहयोग रकम जम्मा गर्नेहरूमा नेपाल नागरिक उड्डयन प्राधिकरण रू. एक करोड, नेपाल वायुसेवा निगम रू. पच्चीस लाख, पर्यटन बोर्ड रू. ५० लाख, पशुपति क्षेत्र विकास कोष रू. २१ लाख २१ हजार दुई सय ११, नेपाल पर्वतारोहण सङ्घ रू. एकतीस लाख ११ हजार एक सय ११, एयर डाइनेष्टिी हेलिकप्टर रू. एघार लाख एघार हजार एक सय ११, कैलाश हेलिकप्टर रू. दश लाख रहेका छन् ।

त्यस्तै क्यासिनो मोजाङ रू. पाँच लाख, क्यासिनो मोजाङ नेपालगञ्ज रू पाँच लाख, डेल्टिन क्यासिनो काठमाडौँ रू. पाँच लाख, क्यासिनो वेलिज काठमाडौँ रू. पाँच लाख, क्यासिनो प्राइड काठमाडौँ रू. पाँच लाख, क्यासिनो प्यालेस काठमाडौँ रू. पाँच लाख, क्यासिनो प्यालेस झापाले रू. पाँच लाख पर्यटन मन्त्रालयमा जम्मा गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस