सही ढङ्गले संविधान कार्यान्वयन नहुँदा जनतामा निराशा छायो : गणेश तिमिल्सिना « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

सही ढङ्गले संविधान कार्यान्वयन नहुँदा जनतामा निराशा छायो : गणेश तिमिल्सिना


२२ कार्तिक २०८०, बुधबार


काठमाडौँ । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संविधान कार्यान्वयन गर्ने विषयमा ध्यान दिन सके जनताका निराशा कम हुँदै जाने बताएका छन् ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले बुधबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा गरेको कार्यक्रममा तिमिल्सिनाले संविधानले प्रत्याभूत गरेको हक अधिकारको कार्यान्वयन सही ढङ्गले हुन नसक्दा जनतामा दलहरूप्रति निराशा छाएको बताए ।

सरकारले संविधानअनुसारका कानून बनाउन बढी ध्यान दिनुपर्नेमा उनको जोड छ । कार्यक्रममा इन्सेकका संस्थापक अध्यक्ष सुशील प्याकुरेलले नागरिकको अधिकारको संरक्षणका लागि कानून निर्माण गर्दै प्रभावकारी कार्यान्वयन हुन जरुरी रहेको बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस