विश्वकपबाट बाहिरिए बङ्गलादेशका कप्तान शकिब अल हसन  « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

विश्वकपबाट बाहिरिए बङ्गलादेशका कप्तान शकिब अल हसन 


२१ कार्तिक २०८०, मंगलबार


काठमाडौँ । बङ्गलादेशका कप्तान शकिब अल हसन विश्वकप क्रिकेट २०२३ बाट बाहिरिएका छन्।

बायाँ हातको औँला भाँचिएपछि उनी आज ढाका फर्कने छन्। सकिबको स्थानमा ब्याटर अनामुल हकले खेल्नेछन्। 

साकिब सोमबार दिल्लीमा श्रीलंकाविरुद्धको ८२ रनको इनिङ्स खेल्दा घाइते भएका थिए। फिजियो बेजेदुल इस्लाम खानका अनुसार शाकिबलाई ब्याटिङ गर्दा चोट लागेको थियो।

उनी तीनदेखि चार हप्तामा मैदान फर्किने अनुमान गरिएको छ। 

हिजो श्रीलङ्का विरुद्ध बङ्गलादेशको तीन विकेटको जितमा शकिबले टाइम आउट अपिल गरेका थिए जसको परिणामस्वरूप एन्जेलो म्याथ्युज अन्तर्राष्ट्रिय क्रिकेटमा टाइमआउट हुने पहिलो ब्याट्सम्यान बनेका थिए। म्याथ्युजले हेलमेटको लोताका कारण दुई मिनेटभन्दा बढी समय ब्याटिङमा लागि तयार लगाएपछि शकिबले अपिल गरेका थिए।

बङ्गलादेशले यस विश्वकपमा आफ्ना आठ खेलमध्ये छ हारेको छ, जसले सेमिफाइनलको प्रतिस्पर्धाबाट बाहिरिएको छ। तर बङ्गलादेशको सन् २०२५ च्याम्पियन्स ट्रफीका लागि छनोट हुने आशा छ। शीर्ष आठमा परे च्याम्पिन्यस ट्रफीमा स्थान पक्का हुनेछ। 

Tags :
प्रतिक्रिया दिनुहोस