शीर्ष नेताहरूको बैठकलाई रवि लामिछानेले दिए ‘सर्वदलीय हेडसर’को उपमा  « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

शीर्ष नेताहरूको बैठकलाई रवि लामिछानेले दिए ‘सर्वदलीय हेडसर’को उपमा 


२१ कार्तिक २०८०, मंगलबार


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले शीर्ष नेताहरूलाई सर्वदलीय हेडसरको उपमा दिएका छन् । 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड’ले आज राखेको सर्वदलीय बैठकबारे सामाजिक सञ्जालमार्फत लामिछानेले सो टिप्पणी गरेका हुन् । 

उनले त्रीपाल र ब्लान्केट बोकेर जनतामा जान आग्रह पनि शीर्ष नेतालाई गरेका छन् । नेताहरू जनताकोमा गए व्यवस्था आफै जोगिने उनको भले उल्लेख गरेका छन् ।  

“आदरणीय ‘सर्वदलीय हेड सर’हरू यता सुन्नुस् है, आज बैठक गर्ने सबै पार्टी मिलेर भूकम्प पीडितका घरमा पाल र ब्लान्केट पुर्याउनुहोस् र यो चिसोमा जनता जोगाउनुस्,” उनले लेखेका छन्, “व्यवस्था आफै जोगिन्छ, परिवर्तन आफै जोगिन्छ ।”

उनले सुत्केरीहरुको जिउ सुन्निएको, अस्थायी शौचालय नभएको, पुरिएका चौपायाका कारण महामारी फैलने डर भएको उल्लेख गर्दै जुटाइदिएको पाल, चामल, दाल समयमै बाँड्न नसक्नेले व्यवस्थाको, परिवर्तनको चिन्ता गर्ने भन्दै प्रश्न गरेका छन् ।

उनले लेखेका छन्, “तपाईँहरूले सक्नु हुन्न भने भन्नुस्, रास्वपाले सक्छ र रास्वपा तयार छ, त्यो पनि पुनर्निर्माणसम्मको जिम्मा लिन तयार छ । फेरि पनि भन्छु, व्यवस्थामा खतरा छैन, भए पनि जोगाउने जनता छन् । तिनको जीवन रक्षा गरिदिनुस् ।’

Tags :
प्रतिक्रिया दिनुहोस