भेरीको आकाशमा हेलिकप्टर आतङ्क बद गर्न मेयर घर्तीको चेतावनी « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

भेरीको आकाशमा हेलिकप्टर आतङ्क बद गर्न मेयर घर्तीको चेतावनी


२१ कार्तिक २०८०, मंगलबार


काठमाडौँ । भूकम्पको इपिसेन्टर जाजरकोटको भेरी नगरपालिकाका मेयर सिपी घर्तीले हेलिकप्टर आतङ्क बन्द गर्न चेतावनी दिएका छन् ।

नगरपालिकाभित्रका भूकम्प प्रभावितलाई ५ हजार त्रिपाल माग्दा संघीय सरकारले बेवास्ता गरेकोमा आक्रोशित बनेका मेयर घर्तीले स्थानीय विपद् व्यवस्थापन समितिको अधिकार नमिच्न समेत चेतावनी दिएका छन् ।

भूकम्प प्रभावित क्षेत्रमा भिआइपीको हेलिकप्टरको ओहोरदोहोर बढी भइरहेको तर राहतको काम हुन नसकेकोमा मेयर घर्तीले लगातार असन्तुष्टि जनाइरहेका छन् ।

मंगलबार साँझ उनले सामाजिक सञ्जालबाट विभिन्न बहानामा भेरी नगरपालिकाको आकाशमा हेलिकप्टर आतङ्क बन्द गर्न भनेका हुन् । उनले संविधानले व्यवस्था गरेको स्थानीय विपद् व्यवस्थापन समितिको अधिकार मिच्ने प्रयास गर्न समेत भनेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस