ग्लोबल आइएमई बैंकका ग्राहकहरूलाई दराज ११ : ११ मा २० प्रतिशत छुट « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

ग्लोबल आइएमई बैंकका ग्राहकहरूलाई दराज ११ : ११ मा २० प्रतिशत छुट


२१ कार्तिक २०८०, मंगलबार


काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहकहरूले दराजको ११ः११ अफरमा दराजबाट अनलाइनमार्फत सामान किन्दा २० प्रतिशत छुट दिने योजना सार्वजनिक गरेको छ ।

नोभेम्बर ११ देखि नोभेम्बर २२ सम्म रहने यस छुट योजनाअन्तर्गत ग्राहकहरूले ग्लोबल आइएमई बैंकको भिजा डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी दराजबाट अनलाइनमार्फत सामान खरिद गर्दा कुल खरिदको १५ देखि २० प्रतिशतसम्म छुट पाइनेछन् ।

बैंकको डेबिट कार्ड प्रयोगकर्ताहरूले १५ प्रतिशत वा रु.दुई हजारसम्म र क्रेडिट कार्ड प्रयोगकर्ताहरूले २० प्रतिशत वा रु. दुई हजार पाँचसय सम्म छुट पाउनेछन् ।

बैंकका कार्ड बाहक ग्राहकहरूले छुट पाउनका लागि दराज ए्यापबाट ग्लोबल आइएमई बैंकको कार्डको छुट भौचर सङ्कलन गर्नुपर्नेछ । यी भाउचरहरू चेकआउट प्रक्रियाको क्रममा स्वचालित रूपमा लागू हुनेछन् ।

ग्लोबल आइएमई बैंकले दराज अनलाइन स्टोरसँग समन्वय गरी आफ्ना डेबिट र क्रेडिट कार्ड प्रयोगकर्ताहरूलाई सहज, निरन्तर तथा इनामदायी किनमेल अनुभव सुनिश्चित गर्दै आएको छ ।

आफ्ना ग्राहकवर्गको सुविधालाई मध्यनजर गरी बैंकले यस्ता किसिमका समयसान्दर्भिक योजनाहरू ल्याएर ग्राहकहरूलाई लाभान्वित गर्दै आएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस