गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम अघि बढाउने तयारी « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम अघि बढाउने तयारी


२१ कार्तिक २०८०, मंगलबार


काठमाडौँ । चितवनमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको काम तिहारलगत्तै अघि बढ्ने भएको छ ।

बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाको साझेदारीमा निर्माण अघि बढाउने समझदारी भएको हो ।महानगरपालिकाकाका अनुसार आज बागमती प्रदेश सरकारको मुख्यमन्त्री कार्यालयमा उक्त समझदारी भएको हो ।

समझदारीअनुसार पहिलो चरणमा ७५ करोड लागतको काम अघि बढ्नेछ । उक्त लागतको ७० प्रतिशत बागमती प्रदेश सरकार र ३० प्रतिशत भरतपुर महानगरपालिकाले व्यहोर्ने जनाइएको छ ।

अधिकारीका अनुसार उक्त रकममा धुर्मुस सुन्तली फाउन्डेसनले काम गर्दा लागेको १८ करोड ऋण भने समेटिएको छैन । उक्त ऋण संघीय सरकारमार्फत नै तिर्ने मौखिक सहमतिपछि रङ्गशालाको बाँकी निर्माण अघि बढाइने भएको हो ।

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेल, प्रदेशका अर्थ र खेलकुदमन्त्री तथा भरतपुर महानगरका मेयर रेनु दाहालसहित महानगरपालिकाका टिमको उपस्थितिमा समझदारी भएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस