प्रधानमन्त्री ‘प्रचण्ड’ले बोलाए सर्वदलीय बैठक « प्रशासन
Logo २५ बैशाख २०८१, मंगलबार
   

प्रधानमन्त्री ‘प्रचण्ड’ले बोलाए सर्वदलीय बैठक


२१ कार्तिक २०८०, मंगलबार


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज सर्वदलीय बैठक बोलाएका छन् ।

आज दिउँसो २ बजे सिंहदरवारमा संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलसँग छलफल गर्न बैठक बोलाइएको हो।

गत शुक्रवार जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु बनाएर गएको भूकम्पले मानवीय र भौतिक रूपमा ठूलो क्षति गरेपछि प्रधानमन्त्रीले उक्त विषयमा र समसामयिक विषयमा छलफल गर्न बैठक बोलाएको बताइएको छ।

६.४ रेक्टर स्केलको भूकम्प जाँदा १५३ जनाले ज्यान गुमाएका छन्। जसमध्ये जाजरकोटका १०१ र रुकुम-पश्चिमका ५२ जना रहेका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस