श्रीलङ्काले दिएको २ सय ८० रनको लक्ष्य पच्छ्याउँदै बङ्गलादेश « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

श्रीलङ्काले दिएको २ सय ८० रनको लक्ष्य पच्छ्याउँदै बङ्गलादेश


२० कार्तिक २०८०, सोमबार


काठमाडौँ । आईसीसी एक दिवसीय विश्वकप क्रिकेटमा श्रीलङ्काले बङ्गलादेशलाई २ सय ८० रनको लक्ष्य दिएको छ ।

दिल्ली अरुण जेटली स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको श्रीलङ्का ४९ ओभर ३ बलमा २ सय ७९ रन बनाउँदा अलआउट भयो । श्रीलङ्काका चरिथ असलन्काले शतक बनाए । उनी १ सय ५ बलमा १ सय ८ रन बनाएर आउट भए । यस्तै पथुम निसन्का र सदिरा समराविक्रमाले समान ४१ रन जोडे । बलिङतर्फ बङ्गलादेशका तन्जिम हसन सकिबले ३ तथा शोरिफुल इस्लाम र कप्तान शकिब अल हसनले समान २ विकेट लिए ।

बङ्गलादेशले अहिले जवाफी ब्याटिङ गरिरहेको छ । 

श्रीलङ्का ७ खेलमा ४ अङ्कसहित तालिकाको सातौँ स्थानमा छ । बङ्गलादेश उति नै खेलमा २ अङ्कसहित नवौँ स्थानमा छ । बङ्गलादेश सेमिफाइनलमा पुग्ने सम्भावना सकिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस