बैंकर्स सङ्घले भन्यो-निष्क्रिय कर्जा बढ्नेजति बढ्यो, अब व्यवस्थापन हुन्छ « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

बैंकर्स सङ्घले भन्यो-निष्क्रिय कर्जा बढ्नेजति बढ्यो, अब व्यवस्थापन हुन्छ


२० कार्तिक २०८०, सोमबार


काठमाडौँ । बैंकरहरुले बैंकिङ क्षेत्रको निष्क्रिय कर्जा उच्च विन्दुमा पुगेकोले अब क्रमशः व्यवस्थापन हुँदै जाने बताएका छन् ।

चालु आर्थिक वर्षको प्रथम त्रैमासिक वित्तीय विवरण पत्र सोमबार नेपाल बैंकर्स सङ्घले पत्रकारसँगको अन्तरक्रियामा अब निष्क्रिय कर्जा व्यवस्थापन हुँदै जाने बताएका हुन् ।

नेपाल बैंकर्स सङ्घका अध्यक्ष तथा एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले समग्र निजी क्षेत्रको व्यवसायमा स्लोडाउन हुँदा बैकहरूमा त्यसको प्रभाव देखिएको बताए ।

यसले सजग भएर अगाडि बढ्नुपर्ने अवस्था आएको अध्यक्ष केसीले बताए । उनले पहिलो पटक अघिल्लो वर्षको तुलनामा बैंकहरुको नाफा घटेको उनले बताए ।

उनले बैंकहरूको डाइभर्सिफाईट पोर्टफोलियो भएकोले निष्क्रिय कर्जा केही बढे पनि जोखिम नै भने नरहेको बताए ।

बैंकर सङ्घका पूर्व अध्यक्ष तथा हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक राणाले अर्थतन्त्रमा स्ट्रेथ रहेको बताए । सोही कारण नेपाल राष्ट्र बैंक र बैंकरहरूले कर्जा टाइट गरेको उनले बताए । जसले गर्दा बैंकहरुको निष्क्रिय कर्जा बढेको उनले बताए ।

तर, निष्क्रिय कर्जा व्यवस्थापन नै गर्न नसकिने लेभलमा भने नरहेको उनले बताए ।

बैंकर्स सङ्घका अध्यक्ष केसीले निमार्ण तथा साना व्यवसायमा प्रभाव बढी परेको बताए । जसले अर्थतन्त्र स्लोडाउनमा जाँदैछ भन्ने प्रस्ट संकेत गरेको उनले बताएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस