गणतन्त्र फ्याँक्न आन्दोलन गर्ने दुर्गा प्रसाईँको घोषणा, सरकारसँग ५० लाख रुपैयाँ माग « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

गणतन्त्र फ्याँक्न आन्दोलन गर्ने दुर्गा प्रसाईँको घोषणा, सरकारसँग ५० लाख रुपैयाँ माग


२० कार्तिक २०८०, सोमबार


काठमाडौँ । दुर्गा प्रसाईँले गणतन्त्र उल्टाउने एजेन्डासहित आन्दोलनको घोषणा गरेका छन् । मंसिर ७ बाट सुरु गर्ने ‘नागरिक मुक्ति आन्दोलन’ ले वार कि पार गर्ने उनको दाबी छ ।

आज भक्तपुरस्थित आफ्नै निवासमा पत्रकारहरू भेला गरेर उनले आन्दोलनको घोषणा गरेका हुन् । आफ्नो आन्दोलनलाई प्रधानमन्त्री र सबै दलका नेताहरुले आर्थिक सहयोग गर्नुपर्ने उनको माग छ ।

एमाले अध्यक्ष केपी शर्मा ओली र अन्य दलका नेताहरूसँग पनि पैसा माग्ने उनले बताए । उनले २० लाखभन्दा मुनिको ऋण मिनाहा गर्नुपर्ने माग राखेका छन् । यस्तै राइट टु रिजेक्ट र नो भोटको व्यवस्था लागू गर्नुपर्ने, उच्चपदस्थ सबैको सम्पत्ति छानबिन गर्नुपर्ने, प्रदेश संरचना खारेज गर्नुपर्ने माग पनि उनको अभियानले अघि सारेको छ ।

व्यवस्था परिवर्तन नभएसम्म लघुवित्त र सहकारीको पैसा अहिले नतिर्न उनले उर्दी जारी गरेका थिए । प्रसाईँ सरकार र राजनीतिक दलहरूमाथि खनिएका थिए । खासगरी एमाले र यसका अध्यक्ष केपी शर्मा ओलीविरुद्ध उनी बढी केन्द्रित भए । देशका समस्याहरू बिर्सेर ओली मोबाइलमा पब्जी खेलेर बस्ने गरेको उनको आरोप थियो ।

हिजो साइबर ब्युरोले बोलाएको प्रसङ्गमा उनले प्रहरी पनि काँग्रेस-एमाले बनेको टिप्पणी गरे ।

Tags :
प्रतिक्रिया दिनुहोस