एकीकृत समाजवादीको महाधिवेशन काठमाडौँमा « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

एकीकृत समाजवादीको महाधिवेशन काठमाडौँमा


२० कार्तिक २०८०, सोमबार


नेकपा (एकीकृत समाजवादी)

काठमाडौँ। नेकपा एकीकृत समाजवादीले पार्टीको महाधिवेशन १४ देखि १८ माघसम्म काठमाडौँमा गर्ने निर्णय गरेको छ ।

यसअघि नै महाधिवेशनको मिति तय गरेको भए पनि स्थान तोकिएको थिएन । सोमबार बिहान बसेको पार्टी सचिवालय बैठकले काठमाडौँमा गर्ने निर्णय गरेको हो ।

काठमाडौँमा सम्पन्न पार्टीको छैटौँ पूर्ण बैठकबाट एकीकृत समाजवादीले महाधिवेशनको मिति तोकेको थियो । एकीकृत समाजवादीले गठन भएको दुई वर्षपछि पहिलो पटक महाधिवेशन गर्न लागेको हो ।

२००७ सालमा गठन भएको नेपाल कम्युनिस्ट पार्टीको वर्तमान रूप भएको जनाएको एकीकृत समाजवादीले एमालेसँग नवौँ महाधिवेशनपछि २०७८ सालमा अलग भएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस