भाटभटेनीका सञ्चालक गुरुङद्वारा भूकम्पपीडितलाई १ करोड ११ लाख सहयोग « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

भाटभटेनीका सञ्चालक गुरुङद्वारा भूकम्पपीडितलाई १ करोड ११ लाख सहयोग


२० कार्तिक २०८०, सोमबार


काठमाडौँ । भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङले भूकम्पपीडितको उद्धार तथा राहतका लागि १ करोड ११ लाख रुपैयाँ रकम सहयोग गरेका छन्।

शुक्रबार राति जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर गएको भूकम्पका पीडितहरूलाई व्यवसायी गुरुङले १ करोड ११ लाख ११ हजार १११ रुपैयाँ प्रदान गरेका हुन्।

उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’का लागि उक्त रकमको चेक हस्तान्तरण गरेका हुन्।

६.४ रेक्टरको शक्तिशाली भूकम्पमा परी हालसम्म १५७ जनाको मृत्यु भइसकेको छ भने १७० जना घाइते भएका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस