हिमालयन रि-इन्स्योरेन्सको आईपीओ खुल्ने म्याद सर्यो « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

हिमालयन रि-इन्स्योरेन्सको आईपीओ खुल्ने म्याद सर्यो


२० कार्तिक २०८०, सोमबार


काठमाडौँ । हिमालयन रि–इन्स्योरेन्सले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई निष्कासन गर्न लागेको आईपीओ निष्कासन मिति परिवर्तन गरेको छ । कम्पनीले कात्तिक २१ गतेदेखि निष्कासन गर्ने भनेको आईपीओ अब मंसिर ६ गतेबाट मात्र निष्कासन गर्ने भएको छ ।

सार्वजनिक लेखा समितिमा यो कम्पनीको आईपीओ निष्कासनका विषयमा उजुरी परेपछि नेपाल धितोपत्र बोर्ड, नेपाल बिमा प्राधिकरण र कम्पनी रजिस्टार्डको कार्यालयलाई यसको विषयमा जानकारी गराउन पत्र लेखिएको छ । सोही कारण हिमालयनले आफ्नो आईपीओ निष्कासन मिति परिवर्तन गरेको हुनसक्ने आंकलन गरिएको छ ।

तर, बिक्री प्रबन्धक एनएमबि क्यापिटलले भने तिहारको बिदालाई मध्यनगर गरेर लगानीकर्ताको सहजताका लागि निष्कासन मिति परिवर्तन गरिएको सूचनामा उल्लेख छ । वैदेशिक रोजगारीमा गएका नेपालीले यो कम्पनीको आईपीओमा मंसिर ६ गतेदेखि १८ गतेसम्म आवेदन दिन सक्नेछन् ।

Tags :
प्रतिक्रिया दिनुहोस