एक दिवसीय विश्वकपमा भारतको लगातार आठौँ जित, दक्षिण अफ्रिका ८३ रनमै अल आउट « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

एक दिवसीय विश्वकपमा भारतको लगातार आठौँ जित, दक्षिण अफ्रिका ८३ रनमै अल आउट


१९ कार्तिक २०८०, आइतबार


काठमाडौँ । घरेलु मैदानमा जारी एक दिवसीय विश्वकपमा भारतले लगातार आठौँ जित निकालेको छ । आइतबार भएको खेलमा दक्षिण अफ्रिका २४३ रनले पराजित भयो ।

३२७ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले २७.१ ओभरमा ८३ रनमा अल आउट भएको थियो । दक्षिण अफ्रिकालाई सस्तोमै समेट्न भारतका रवीन्द्र जटेजाले ५, मोहम्मद सामी र कुलदीप यादवले दुई दुई विकेट लिएका थिए ।

त्यसअघि भारतको पालीमा विराट कोहली १०१ र स्रेयश अयरले ७७ रन बनाएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस