विराट कोहलीले गरे सचिन तेन्दुलकरको रेकर्ड बराबरी  « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

विराट कोहलीले गरे सचिन तेन्दुलकरको रेकर्ड बराबरी 


१९ कार्तिक २०८०, आइतबार


काठमाडौँ । भारतीय ब्याटर विराट कोहलीले एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा पूर्वक्रिकेटर सचिन तेन्दुलकरको रेकर्ड बराबरी गरेका छन् ।

आइसिसी एक दिवसीय विश्वकप क्रिकेट अन्तर्गत दक्षिण अफ्रिकासँगको खलमा शतक बनाउँदै कोहलीले एक दिवसीयमा ४९ औँ शतक बनाउँदै तेन्दुलकरसँगको रेकर्ड बराबरी गरेका हुन् । 

यसअघि एक दिवसीय क्रिकेटमा सर्वाधिक शतक बनाउने रेकर्ड तेन्दुलकरको नाममा थियो । तेन्दुलकरले ४ सय ५२ इनिङ्समा ४९ औँ शतक पूरा गरेका थिए । कोहलीले मात्र २ सय ७७ इनिङ्समा यो उपलब्धि हासिल गरे ।

कोलकाताको इडेन गार्डेन्समा भइरहेको खेलमा कोहलीले १ सय २० बलमा १० चौकाको मद्दतमा शतक बनाए ।

Tags :
प्रतिक्रिया दिनुहोस