एनसेलले भूकम्प पीडितलाई ५० लाख सहयोग गर्ने « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

एनसेलले भूकम्प पीडितलाई ५० लाख सहयोग गर्ने


१९ कार्तिक २०८०, आइतबार


काठमाडौँ । एनसेलले जाजरकोट भूकम्प पीडितलाई ५० लाख सहयोग गर्ने भएको छ।

भूकम्प पीडितको उद्धार, उपचार र राहतमा तत्काल सहयोग गर्न कर्णाली प्रदेश सरकारलाई ५० लाख रुपैयाँ दिने एनसेलले जनाएको छ।

साथै, ग्राहकहरूलाई आफ्ना प्रियजनहरूसँग सम्पर्कमा रहन र सोही क्षेत्रमा राहत तथा उद्धारकार्यलाई सहयोग पुर्‍याउन प्रभावित जिल्ला जाजरकोट, रुकुम (पश्चिम) र रुकुम (पूर्व)मा रहेका ग्राहकहरूलाई ४० लाख ब्यालेन्स बारावरको सेवाहरू निःशुल्क उपलब्ध पनि गराउने भएको छ।

उक्त सेवाको समयसीमा १५ दिनको रहेको एनसेलले जनाएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस