तीन वटा डिजास्टर रेस्पोन्स सिस्टम कन्टेनर टेन्ट लिएर सशस्त्र प्रहरी भूकम्प प्रभावित क्षेत्रतर्फ « प्रशासन
Logo १ जेष्ठ २०८१, मंगलबार
   

तीन वटा डिजास्टर रेस्पोन्स सिस्टम कन्टेनर टेन्ट लिएर सशस्त्र प्रहरी भूकम्प प्रभावित क्षेत्रतर्फ


१९ कार्तिक २०८०, आइतबार


काठमाडौँ । भूकम्प पीडितहरूको लागि सशस्त्र प्रहरी बल नेपालको तीन वटा डिजास्टर रेस्पोन्स सिस्टम कन्टेनर टेन्ट लिएर त्यसतर्फ पठाइएको छ ।

सशस्त्र प्रहरी सहायक निरीक्षक राम विश्वास यादवसहितको सुरक्षा फौज आज बिहान करिब पौने ४ बजे तीन वटा कन्टेनरमा १० हजार ७ सय थान टेन्ट लिएर पश्चिम रुकुमको लागि हिँडेको सशस्त्र प्रहरी नायव उपरीक्षक एवं सहायक प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिएका छन् ।

उपत्यका स्थित सशस्त्र प्रहरी बल नेपाल नं. २० विपद् उद्धार उपत्यका गणमा रहेको ७ सय थान र नं. २२ गुहेश्वरी गणमा भक्तपुरमा रहेको १० हजार थान टेन्ट लिएर तीन वटा कन्टेनर पठाइएको थापाले प्रशासनलाई जानकारी दिए ।

यसअघि भुुकम्प पीडितहरूको लागि आवश्यक सामाग्रीसहित दाङबाट पश्चिम रुकुम र सुर्खेतबाट जाजरकोटको लागि दुई वटा डिजास्टर रेस्पोन्स सिस्टम कन्टेनर पठाई सकिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस