नेपाली क्रिकेट टोलीलाई एमाले अध्यक्ष र पूर्वराष्ट्रपतिको बधाई « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

नेपाली क्रिकेट टोलीलाई एमाले अध्यक्ष र पूर्वराष्ट्रपतिको बधाई


१७ कार्तिक २०८०, शुक्रबार


काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपाली क्रिकेट टोली टी-२० विश्वकप प्रतियोगिताका लागि छनोट भएकामा बधाई ज्ञापन गरेका छन् । 

अध्यक्ष ओलीले आज सामाजिक सञ्जालमार्फत नेपाली क्रिकेट खेलाडीलाई बधाई ज्ञापन गर्दै अबको विश्वकपको यात्राका निम्ति शुभकामना व्यक्त गरेका हुन् ।  

यसैगरी, पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पनि विश्वकपका लागि नेपाली क्रिकेट टोली छनोट भएकामा  हार्दिक बधाई ज्ञापन गरेकी छन् । उनले सामाजिक सञ्जाल एक्समा नेपालको यो ऐतिहासिक सफलताले समग्र खेल थप उत्साहित हुनका साथै यसले सम्पूर्ण नेपालीलाई गौरवान्वित बनाएको उल्लेख गर्दै नेपाली क्रिकेटको थप सफलताको कामना गरेकी छन् ।   

आज मुलपानी क्रिकेट मैदानमा संयुक्त अरब इमिरेट्स (युएई)लाई नेपालले आठ विकेटले पराजित गर्दै विश्वकपमा छनोट भएको हो । सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने आईसिसी टी-२० विश्वकपमा नेपालले प्रतिस्पर्धा गर्नेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस