२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विपन्न र मजदुर परिवारको वडाबाटै स्वास्थ्य बिमा

अ+ अ-

पोखरा । पोखरा महानगरपालिकाको एक वडाले विपन्न र मजदुर परिवारको निःशुल्क स्वास्थ्य बिमा गरिदिएको छ।

पोखरा महानगरपालिका-१३ को कार्यालयले विपन्न परिवारको निःशुल्क स्वास्थ्य बिमा गरिदिएको हो।

१०९ परिवारको स्वास्थ्य बिमा गरेको वडाले जनाएको छ ।

वडाले स्वास्थ्य, शिक्षा, कृषि क्षेत्रमा क्रान्ति ल्याउने योजनाअनुरुप वडाका विपन्न वर्गलाई निःशुल्क स्वास्थ्य बिमाको व्यवस्था गरेको हो।

वडाका प्रत्येक स्थानमा स्वास्थ्य शिविर सञ्चालन गरी नागरिकलाई स्वास्थ्य उपचारमा सहजता प्रदान गर्ने वडाको भनाई छ ।

वडाले स्वास्थ्य बिमा गरिदिएका परिवारलाई शुक्रबार स्वास्थ्य बिमा कार्ड वितरण गरिएको छ। पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका निर्देशक भरत खत्री र वडाध्यक्ष किरण बरालले वडाका १०९ जना विपन्न तथा मजदुरलाई स्वास्थ्य बिमा कार्ड प्रदान गरेका हुन्।

स्वास्थ्य बिमामा समावेश भएका विपन्न तथा मजदुर परिवारले पैसाको अभावमा उपचारबाट वञ्चित हुनुपर्ने अवस्थाको अन्त्य भएको निर्देशक खत्रीले बताए। उनले स्वास्थ्य बिमाको सही सदुपयोग हुनुपर्ने बताए।

स्वास्थ्य बिमामा आबद्ध भएपछि अब उनीहरूले पश्चिमाञ्चल क्षेत्रीय अस्पताल र हिमालयन आँखा अस्पतालबाट सेवा पाउनेछन्। ५ जनासम्मको सदस्य रहेका परिवारको वडा कार्यालयले ३ हजार ५०० रुपैयाँ बुझाएपछि वर्षदिनसम्म १ लाख रुपैयाँको सेवा लिन पाउनेछन्।

प्रतिक्रिया दिनुहोस