काठमाडौँ । वाणिज्य बैंकहरुले चालू आर्थिक वर्षको पहिलो त्रैमास (असारदेखि असोजसम्म) को वित्तीय विवरण सार्वजनिक गरेका छन् । जहाँ सरकारी स्वामित्व रहेको कृषि विकास बैंकको नाफा ऋणात्मक रहेको छ भने नेपाल बैंक पनि घाटामा रहेको छ ।
चालू आर्थिक वर्षको पहिलो त्रैमासमा हिमालयन बैंक, प्रभु बैंक, एनआईसी एसिया बैंक, नेपाल इन्भेष्टमेन्ट मेघा बैंक, प्राइम बैंक, एनएमबी बैंक, माछापुच्छ्रे बैंक, ग्लोबल आईएमई बैंक र स्टयान्डर्ड चार्टड बैंकले नाफा कमाएका छन् । सानिमा बैंक, सिटिजन्स बैंक, कुमारी बैंक, नेपाल बैंक, नबिल बैंक, एभरेष्ट बैंक, नेपाल एसबीआई बैंक लक्ष्मी नराइसज् बैंक, सिद्धार्थ बैंक र कृषि विकास बैंकले घाटा व्यहोरेका छन् ।
चालु आर्थिक वर्षको पहिलो त्रैमासमा स्ट्यान्डर्ड चार्टड बैंकको खुद नाफा ८२ करोड ७७ लाख रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ८१ अर्ब १३ करोड ३९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । बैंककको नाफा २ प्रतिशतले बढेको छ ।
चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा हिमालयन बैंकले सर्वाधिक नाफा कमाएको छ । बैंकले १ अर्ब ५ करोड ६१ लाख रुपैयाँ खुद नाफा आर्जन गरे हो । जहाँ बैंकको वितरणयोग्य मुनाफा भने १ अर्ब ८५ करोड ८४ लाख रुपैयाँ ऋणात्मकमा रहेको छ ।
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा १ अर्ब ५२ करोड २२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । तर, पहिलो त्रैमास असोज मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा ऋणात्मक रहेको छ भने बैंकको खराब कर्जा १.५७ प्रतिशतबाट बढेर ४.८३ प्रतिशत पुगेको छ ।
चालू आर्थिक वर्षको पहिलो त्रैमासमा ग्लोबल आईएमई बैंकको खुद नाफा ३.०४ प्रतिशतले बढेको छ । चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा बैंकको खुद नाफा १ अर्ब २२ करोड ५७ लाख रुपैयाँ रहेको छ भने गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब १८ करोड ९५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
चालू आर्थिक वर्षको पहिलो त्रैमासमा लक्ष्मी सनराइज बैंकको नाफा ७९ प्रतिशतले घटेको छ । चालू आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकले १० करोड ३० लाख रुपैयाँ मात्रै खुद नाफा आर्जन गरेको छ । जबकि अघिल्लो वर्षको सोही अवधिमा बैंकले ५० करोड ३४ लाख ७२ हजार रुपैयाँ नाफा कमाएको थियो ।
एनएमबी बैंकको खुद नाफा ६.५३ प्रतिशतले वृद्धि भएको छ । चालू आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकले ९६ करोड ३२ लाख रुपैयाँ खुद नाफा कमाएको हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ९० करोड ४१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
नबिल बैंकले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा नबिल बैंकको नाफा ६.५१ प्रतिशतले घटेको छ । बैंकले पहिलो त्रैमासमा १ अर्ब ४६ करोड ९३ लाख रुपैयाँ मात्रै खुद नाफा आर्जन गरेको छ । तर, गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकको खुद नाफा १ अर्ब ५७ करोड १५ लाख रुपैयाँ रहेको थियो ।
चालू आर्थिक वर्षको पहिलो त्रैमासमा प्राइम बैंकको खुद नाफा ३१.७ प्रतिशतले वृद्धि भएको छ । बैंकले पहिलो त्रैमासमा १ अर्ब १५ करोड १५ लाख २२ हजार रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो वर्षको सोही अवधिमा भने बैंकले ८७ करोड ४१ लाख ७० हजार रुपैयाँ नाफा आर्जन गरेको थियो ।
नेपाल एसबिआई बैंकको पनि खुद नाफा २३.६ प्रतिशतले घटेको छ । चालू आर्थिक वर्षको पहिलो त्रैमासमा नेपाल एसबिआई बैंकले ४७ करोड ९१ लाख ७८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा भने, बैंकले ६२ करोड ७३ लाख ५७ हजार रुपैयाँ नाफा कमाएको थियो ।
सिद्धार्थ बैंकको नाफा ९१.४ प्रतिशतले घटेको छ । चालू आर्थिक वर्षको पहिलो त्रैमासमा सिद्धार्थ बैंकको खुद नाफा ४ करोड २८ लाख ६२ हजार रुपैयाँ मात्रै रहेको छ । जबकि अघिल्लो वर्षको सोही अवधिमा बैंकले ४९ करोड ८२ लाख ५० हजार रुपैयाँ नाफा आर्जन गरेको थियो ।