झुटो विवरण पेस गर्ने दुई जनाको नागरिकता बदर « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

झुटो विवरण पेस गर्ने दुई जनाको नागरिकता बदर


१७ कार्तिक २०८०, शुक्रबार


काठमाडौँ । सरकारले झुटो विवरण पेस गरी नागरिकता लिएको भन्दै दुई जनाको नागरिकता बदर गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो ।

काभ्रेपलान्चोकबाट निमा तामाङ र कालिकोटबाट देवराज धमलाको नागरिकता रद्द गर्ने निर्णय गरेको एक मन्त्रीले बताए ।

तामाङको नाममा झुटो विवरण पेस गरी जिल्ला प्रशासन कार्यालय, काभ्रेपलान्चोकबाट वंशजको आधारमा जारी भएको र धमलाको नाममा जिल्ला प्रशासन कार्यालय, कालिकोटबाट जारी भएको नागरिकताको प्रमाणपत्र रद्द गरी नेपाली नागरिकबाट हटाउने निर्णय गरेको जनाइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस