२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मन्त्री बन्ने रहरले राजनीति गरेको होइन : सीके राउत

अ+ अ-

काठमाडौँ। जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले निर्वाचन जित्ने र मन्त्री बन्ने मात्रै रहर नभएको बताएका छन् । 

तिहार, नेपाल संवत् ११४४ तथा छठ पर्व २०८० को अवसरमा शुभकामना चियापान कार्यक्रममा उनले मन्त्री बन्ने मात्रै आफ्नो रहर नभएको बताए। उनले दीर्घकालीन योजनाका साथ देश विकासमा आफू अघि बढेको बताए । 

राउतले भने, ‘यो निर्वाचन जित्ने मात्रै रहर होइन, मन्त्री बन्ने मात्रै पनि रहर होइन, मन्त्री बन्ने भए म बनिसक्थे, मन्त्री बन्ने मात्रै रहर नभएको हुनाले हामी अझ दीर्घकालीन योजनाका साथ अघि बढ्दै छौँ । यसमा सबैको साथ सहयोग आवश्यक छ।’  

उनले संसदीय व्यवस्था नामको मात्रै भएको भन्दै दुई, तीन जना नेताले जे निर्णय गर्छन् त्यही लागू हुने व्यवस्था विद्यमान रहेको बताए । 

जनमत पार्टीले एक दशकभन्दा बढी सङ्घर्ष गरेर, जनताको भावना बुझे उठाएको पार्टी भएको भन्दै पार्टी जनताको मत अनुसार चल्ने पनि उनको भनाई छ । 

उनले भने, जुन संसदीय व्यवस्था भन्ने गरिन्छ, तर त्यहाँ संसदले भनेको केही कुरा लागू हुँदैन। दुई, तीन जना नेताले जे निर्णय गर्छन्, त्यही कुरा लागू हुने व्यवस्था विद्यमान छ । दुई, चार जना नेताले मात्रै ३० वर्ष देश चलाई रहेको छन् । 

त्यसलाई चिर्नको लागि जनताले के चाहेको हो । जनताले गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य, रोजगारी, सामाजिक सुरक्षा यी सबै कुरा चाहेको हो, त्यो कुराहरूलाई सम्बोधन गर्न, जनताको मत अनुरूपको पार्टी जनमत पार्टी हो । 

उनले आगामी दिनमा जनमत पार्टी देशको भविष्य बन्ने हिसाबले वैकल्पिक रूपमा स्थापित भएको भन्दै पुरानो पार्टीबाट दिक्क भएका जनताले जनमत पार्टीमा आशा राखेका बताए । 

राउतले भने, ‘आगामी दिनमा जनमत पार्टी देशको भविष्य बन्ने हिसाबले वैकल्पिक रूपमा स्थापित भएको छ । पुरानो पार्टीबाट दिक्क भएका जनताले हाम्रो पार्टीमा आशा राखेका छन् । 

त्यो आशा भएपछि हाम्रो काँधमा एउटा ठूलो जिम्मेवारी हुन्छ कि हामीले जनताको इच्छा अनुसार काम गर्ने र विकासको काम गर्न सक्नु पर्छ । 

त्यही कारण जनमत पार्टीलाई राष्ट्र व्यापी रूपमा विस्तार गर्दै छौ । विशुद्ध रूपमा देशको विकासको लागि लागिरहेका छौँ यसमा सबैको साथ सहयोग आवश्यक हुन्छ ।’

प्रतिक्रिया दिनुहोस